= १ =
धेरै पहिले
एक पटक सँगै
घुमेका थियौं
= २ =
स्वार्थी दुनियाँ
तिमी मात्र सच्चा छौ
तिम्रो के लाग्छ ?
= ३ =
सीतल हावा
खोजिरहेको बेला
हुरी पो चल्यो
= ४ =
सस्तो भएछ
मायाको मोल पनि
कस्तो अचम्म !
= ५ =
अचेल किन
तिम्रो याद आउँछ
पलपलमा
अज्ञात पाल्पाली
