नयाँ नयाँ खुशीहरू बोकी आऊ नयाँ बर्ष
दु:ख पीडाहरू सबै रोकी आऊ नयाँ बर्ष
असत्यले रजाइँ गर्छ सधैं सधैं मेरो देशमा
असत्यको टाउकोमा ठोकी आऊ नयाँ बर्ष
संबिधान नबनेको जुगै भयो नेपालमा
संबिधान सुरु मिति तोकी आऊ नयाँ बर्ष
भेदभावले सीमा नाघ्यो बितेका यी सालमा
समानता भन्ने पाठ घोकी आऊ नयाँ बर्ष
यो प्रेमको मान्य छैन जता ततै धोकै धोका
धोकाकाती औंलाहरू टोकी आऊ नयाँ बर्ष
प्रेम बाबु
