हाल खबर के छ आज भोलि गजलको
भन्नुहोस् न हजुर दिल खोली गजलको
धेरै भयो चौतारीमा देखिएन रुप रंग
भरी छ कि खाली नै छ झोली गजलको
सँधैभरी बर्षा मास जस्तो पार्नु हुन्थ्यो
हम्मे हम्मे पर्थ्यो तर्न खोली गजलको
हजुरको जिउ डाल रुप पनि गजल जस्तै
सुनौं सुनौं लागिराख्छ बोली गजलको
जहाँ जहाँ प्रेम बिछोड त्यहाँ त्यहाँ मात्र हैन
फेर्नु पर्छ अब साँच्चै चोली गजलको
प्रकाश बञ्जारा
साउने चउर ९ खोटाङ
हाल काठमाण्डौं
