Skip to content

बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर

  • by


बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर
रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर ।

जीवन सँगिनीको बिछोड त असह्य भो
त्यसैले हिक्का छाड्यौ अँश्रुधारा खसाएर ।

संसार यस्तै नै छ एकदिन छुट्नै पर्छ
तिमीले हाँस्नु अब खुशी मनमा टँसाएर ।

जीवन जिउने क्रममा सबैलाई हँसायौ
जियौ नि आजसम्म दिलमा सबलाई बसाएर ।

अभिप्सा हाम्रो पनि तिम्रो आसुँ पुछ्ने नै हो
नबाँच्नु तिम्ले अब मनमा भाला भसाएर ।

(प्रशिद्ध हाँस्य अभिनेता हरिबंशको शोकाकुल स्थितिमा वहाँलाई सद्भाव पूर्ण आश्वासन दिन रचित गजल)
(रचना अप्रिल/ २१/ २०११/ बिहान ११ बजे )

Leave a Reply

Your email address will not be published. Required fields are marked *