भय लाग्छ अचेल, देश हरा’को सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी, धोती कुर्ता पो उन्न पर्छ कि!
ईतिहासको ब्याज सकियो, बर्तमान धितोमा छ
पराधीन भै कतै, स्वाभिमानै थुन्न पर्छ कि!
चन्द्र सूर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ
धुजा भो साँध सीमाना, सबै मिली तुन्न पर्छ कि!
माटो कस्ले चिन्यो र यहाँ, इमान बेच्ने गाउँमा
चोरलाई चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!

wel-done Bhupendra mahat
wel-done Bhupendra mahat dai…..!!
solute,,,,,,,,,,,,,,,,!!!