Skip to content

फेरि फर्केर माईत आउँदिन नि दाजु


फेरि फेरि फर्केर माईत आउँदिन नि दाजु
दान भएँ, तिम्रो ढोका धाउँदिन नि दाजु

बाबा आमा तिम्रै हुन् क्यारे म चाहिं पराई
हत्ते सत्ते गरें पनि दया पाउँदिन नि दाजु

सहनाईको धून बज्दा मन् मेरो बिरहले रुन्छ
वनपाखा डुल्दै अब गीत गाउँदिन नि दाजु

उराठ उराठ यो मन् भयो बिदा तिम्ले गर्दा
कसो गरी हाँसु, ओठमा लाली छाउँदिन नि दाजु

छोरी भनी हेला गरी धुलो माटो सोच्छौ भने
ईखै सम्झी बिर्सी माया कतै लाउँदिन नि दाजु

4 thoughts on “फेरि फर्केर माईत आउँदिन नि दाजु”

  1. ठिस बुढा

    बिना तामाङको फेरि फर्केर माईत नआउने …
    बिना तामाङ म्याडमको गजल मन पर्यो ।

    शुभकामना !

  2. बिना जी को अन्य गजलहरु भन्दा
    बिना जी को अन्य गजलहरु भन्दा यो गजल निकै उत्कृष्ट लाग्यो। हुन त तपाईको गजल भन्दा पनि गध्य बिधामा राम्रो दखल देखे।

    1. धन्यवाद ताम्कुले जी यहाँलाई
      धन्यवाद ताम्कुले जी यहाँलाई गजल मनपराईदिनुभै सुन्दर एवं मिठो प्रतिकृया दिनुभएकोमा।यहाँले भन्नु भए जस्तै गद्द्य बिधामा बहन सजिलो हुनेभएकोले सायद राम्रो भएको हुन सक्छ

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *