कुनै समयको कुरा हो म आठ क्लासमा पढथें उसले बाटो भरी फूलहरु छरी चिठी लेखि ढुंगाले थिचेर राख्थ्यो मैले चिठी हेर्थे मात्र तर कहिलै उत्तर दिदिँन थिएँ कसैले देख्छ भनि स्कुल जाने बाटोमा आँपका बगैंचा रुखहरु थिए म त्यहीं बगैंचा भित्र गई म आँपको बोटमुनी लुकेर चिठी हेर्थे हेरी सके पछी धेरै मसिनो टुक्रा पारी च्यातेर फ्याक्थें |
उसले पनि बोलाउनु सक्दैन थियो मैले पनि बोलाउन उसलाई बोलाउन सक्दिन थिएँ मात्र आँखाहरु जुझ्थे |
आँखाहरु कतै झुक्किएर जुझ्यो भने म लाजले सात बल्ढ्यांग परि दुई तीन दिन स्कुल नै आउँदिन थिएँ कमला मिसले किन स्कुल नआएको सिमा ? भनि सोध्नु हुन्थ्यो दिनहरु बित्द्दै गयो एस.एल.सी. संगै दियौं स्कुलको संगठनका केटा केटीहरु संग म बराबरी बोल्थे, तर किन हो उ संग मात्र अगाडी पर्नु लाज लाग्थ्यो | एक दिन नभन्दै स्कुलको बिदाई हुने दिन पनि आयो, उसको घर पाल्पा अरे भनेको सुनेको थिए, उसको बुवा जनकपुर चुरोट कारखाना लिमिटेडमा काम गर्नु हुन्थ्यो उसको बुवाको सरुवा छ महिना पहिले भै सकेको थियो तर केसबको एस.एल.सी. को कारण तत्काल सरुवा रोक्का गरेका हो भनि छिमेकी साथीको बाबाले कुरा गर्दै गरेको सुनेको थिएँ |
हाम्रो अन्तिम भेट रहेछ स्कुलको चौरी प्रांगणमा सबै साथीहरुको भेटघाट कार्यक्रम थियो सबै आ-आफ्नै सुरमा कुरा गर्दै थिए सबैले सबैलाई हात मिलाउदै थियौं |
मेरो आँखाले उसलाई खोजिरहेको थियो त्यहीं बेला झट्टै अगाडी उसलाई देखें मन तातो भयो मुटु ढुकढुक भयो मेरो मनले भन्यो उ संग किन नबोल्ने ? म उसको नजिक देखा परें उ त्यहाँ फित्टो एक्लै थियो सिर निहुरेर पुलु-पुलु उसले पनि मलाई हेरिरहेको थियो मलाई नै मैले नि आँखा नझिम्काई उसको चौडा निधार आँखाको निर्दोष परेली, बोल्न खोजेका ओठहरु, दाँया पारेर सिउदो काटेको ‘टाइटनिक’ जुल्पी कटमा सेतो सर्टमा सेतो टल्केका नाईलोंनका टाँकहरु माथि देखिन् तल सम्म लागेको छाति अलिकति खुल्ला सुहाएको सेतो सर्टले हातमा सिटिजन सेतो घडी बाँधेको नलजाई हेदै रहे उसले सिमा के छ ? भनि सोध्यो मलाई ठिक्कै छ भनि उत्तर दिए ? अनि तिमीलाई नि ? भनि मैले सोधें मलाई नि थिक्कैछ भनि उत्तर आयो..मलाई खुल्दुली पिरो धमिलो मनमा भयो अनि कहिले जान लागेको घरतिर ? भनि सोधें मेरो सोर कामिरहेको सुरबिनाको ताल झैं थियो भोलि बिहानको बसमा जाने भनि उत्तर आयो | ए होर ? मात्र भनेछु त्यत्तिखेरै
मेरो मुटुमा अग्लो भिरबाट कसैले ठुलो ढुंगामूँडा पातालमा खसाले जस्तो आवाज धुवान्ग गर्यो, तिर्मिरायो आँखाहरु चर्को घाम लागिरहेको उज्यालो थियो र पनि गर्वान लागे झैं चारै तिर अद्द्यारो भो म एकछिन बोल्न सकिन रन्थनिए म झन्डै भूँइमा अल्कोहल थाम्न नसके झैँ ढलेछु फेरी सम्भालीए |
तर म संग अपसोच अरु (प्रश्न-उत्तर) थिएन किनकी समय बिती सकेको थियो ता पनि अझैं म केही उसको कुरा सुन्ने अनि बोल्न मन थियो |
मैले उसको नजरमा पढे फेरी पनि उसले म संग केहि कुरा भन्नु खोज्दै थियो | त्यसै बेला झट्टै रामनारायण बि.एस.सी.सर आगाडी टुप्लुक्कै आउनु भो केसब ? भन्दै काँधमा हात हाली सरले उसलाई स्कुलको शिक्षक् बैठक कोठातिर लैजानु भो दुई जना लागे..
सायद धेरै टाढा भएको परदेशी विद्द्यार्थी भनि केही सान्त्वना दिन खोजेको होला भनि बुझें |
गेट निर म पर्खिरहें तर उ त्यत्तिबेला सम्म नआए पछी म बैठक कोठा तिर नियालें त्यहाँ उसलाई देखिन फर्केर पुन: गेटनिर पुगे किन कसलाई पर्खेको होला भनि अरुले सम्झन्छन कसैले पो मलाई हेर्दैछन कि भनि लाज लाग्न थाल्यो यताउति चारतिर नियाल्दै स्कुलको चौरी तिर हेरे उ हिड्ने बाटो तिर हेरें केसब्लाई देखिन म घर तिर सरासर फर्के……!
(मिना बान्तवा ) “मृदु”
२०११/०४/२७/ तारिख

यस्तै समय र इन्टरनेट भएको भए
मिनाजी, निकै परिश्रम गरेर वर्णविन्यास र punctuation सम्पादन गरेको थिएँ । फेरि पहिलेको अवस्थामा फिर्ता गरिदिनुभएछ ।
nmaskar ! kbs g..
केबिएस जी सरी छ, केहि शब्द कथामा थप्न मन लाग्यो र थापेकी हुनाले त्यस्तो भएछ,,,,,
नमस्कार !
के बि एस जी यहाँलाई धेरै- धेरै धन्यबाद छ मेरो दुई नाममा भएको कविताहरु एक्कै नाममा एकै ठाउँमा जम्मा गरी दिनु भएछ,