उचित मूल्यत दिन्नन् करको के कुरा
फाटेको छ देश आज चरको के कुरा
आशा हराउदैछ निराशा पलाउँदै छ
जे थियो सकियो सबै धरको के कुरा
सज्जनहरूको देशमा पापी कंश बसेपछि
मर्नलागे सबै यहाँ डरको के कुरा
आतङकले आफै मन्दिर डराउने बेलामा
महादेवले दिने यहाँ वरको के कुरा
