Skip to content

यो तिमीले के गर्यौ ?


१.
तिमीले बिलाप गरिरहँदा
निस्तेज उभिएर सुनिरहेँ ।
अहोरात्र तिम्रो प्रशंसामा
परिश्रम ब्यर्थ खर्चिरहे ।
अधिकतम चाहना बोकेर
तिमीले बाटो काटिदियौ ।
दृढतापूर्वक अडिएर
आधार तिम्रो खोजिरहे ।
ईश्वरसामु घुँडा टेकेर
आचमन नित्य लिईरहेँ ।
जनाउ दिन उपस्थीति
आरती तिम्रो गरिरहेँ ।
तिमीले बिलाप गरिरहँदा
निस्तेज उभिएर सुनिरहे ।

२.
उच्चतम बिन्दु पराकाष्ठको
छल गरेर छोट्याई दियौ ।
निष्ठापुर्बक सचेत भएर
तिमीलाई माथि चढाईरहे ।
शालीन आकार देखाईरह्यौ
बिर्तक गर्ने बाटो छोडेनौ ।
घनिष्ठताले शिखर चुम्दा
अनुग्रहले बिर्स भन्यौ ।
समर्पण त कता कता
निपूणताले थिचिदियौ ।
तल्लीन भएर तिरस्कारमा
निगाहा तिम्रो गरिरहेँ ।
तिमीले बिलाप गरिरहँदा
निस्तेज उभिएर सुनिरहे ।

३.
आज,
मैले आलाप गर्न खोज्दा
कृपाले मलाई छोड्न भन्यौ ।
निश्चल, मौन ब्रत बसी
ईशाराले जान भन्यौ ।
उच्चतम बिन्दु मित्रताको
छल गरेर छोट्याईदियौ ।
मैले आलाप गर्न खोज्दा
कृपाले मलाई छोड्न भन्यौ ।

४.
यो तिमीले के गर्यौ ?
मैले आलाप गर्न खोज्दा
कृपाले मलाई छोड्न भन्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *