Skip to content

के गर्नु, जति नै चिच्याए पनि

  • by
SujanBudhathoki

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

यो देशमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
गर्दै अनुसन्धान चिहानमा आउँछ पिसिआर, के गर्नु?

मायालु तिमी पनि यार कति धेरै कराइरहन्छौ मलाई
तिमै किचकिचले चुडियो भने दिमागको तार, के गर्नु?

बिन्ती गर्यो करायो र ऊ राहत भन्दै भुँडी फुटेरै मर्यो,
मेयर, हातमा बोकेर आयो कुहिएको आहार, के गर्नु ?

सम्विधानमा जतिनै जाति र नारिका नारा लेखिए पनि
बढेकै छ बलत्कार, र मारिएकै छ सुनुवार, के गर्नु?

मेरो प्रेमिकाको व्यवहार, गतिलो छैन छँदै छैन
छन् त छनी उनको पनि हँसिलो अनुहार, के गर्नु ?

त्यो गैरजिम्मेवार अस्पतालले दबाइ नै गरेन मलाई
भाइरस हैन खास, लागेको थियो बुखार, के गर्नु?

रुवाएर अरुलाई अनि रातभर जगाएर मन्दिरमा
आएर मान्छे गरिरहेछ ईश्वरको पुकार, के गर्नु?

के थाहा त्यो अज्ञात मान्छे खुङ्खार अपराधी हो भनेर
सुरुमा आयो अनि शहर गरेर गयो नमस्कार, के गर्नु?

आँगनमा आएर बेरोजगार मज्दुर थुक निकालिरहेछ
दरबारमा मालिक डकारिरहेछ अपचको डकार, के गर्नु?

माया दिनु भनेकै कसैलाई मुटु सुम्पिनु हो
आफैलाई मारेर अरुलाई प्यार, के गर्नु ?

को बन्छ होला दाबेदार देश, र के होला भोलि?
यदि भयो भने यो संसारमा तृतीयवार, के गर्नु?

घर आग लागि भएरै सकियो, तर ऊ चुपचाप हेरिरह्यो
सायद मान्छे हैन त्यो जनावार थियो जनवार, के गर्नु

कोरोनाको दबाइ नभएरै मान्छे मरेर गयो ! हार भयो
विज्ञान बनाएर यति धेरै आणबिक हतियार, के गर्नु?
जति नै चिच्याए पनि यहा हुँदै हुदैन उद्दारके गर्नु ?
डुबिरहेछ ढुङ्गा सुतिरहेछ माझि गरेर गुहारके गर्नु?
______
✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग
२०७७/०४/२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *