Skip to content

के के भयो भयो कुन्नि


जागै बस्दा थाहा पाएँ
एकान्तका रातहरू ।
एक्लै बस्दा थाहा पाएँ
आफन्तका साथहरू ।।

आफ्नै आँसु चाखी हेरें
नुनिलो त्यो हुन्छ भनी ।
कस्ले देख्ने, कस्ले छेक्ने
बलियो त्यो रुन्छ भनी ।।

कस्तो मायाँ बस्यो कुन्नि
औँला भाँची बस्न थालेँ ।
कस्तो खुसी पाएँ कुन्नि
आँसु पुछी हाँस्न थालेँ ।।

कत्ति सस्तो भयो कुन्नि
मायाँ बाँड्दै हिंड्न थालेँ ।
के के भयो, भयो कुन्नि
म पो जिल्ल पर्न थालें ।।

हिमान सिंह परियार
घान्द्रुक ३ कास्की

1 thought on “के के भयो भयो कुन्नि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *