Skip to content

प्रिय..अलग छ हाम्रो संसार,……….

प्रिय…………………
जिबनको उतर्दामा तिम्रो आगमनले
रौनकता छाएका मेरो स्नायुहरु
मलाई राम्री थाहा छ,
भोलिका दिनमा आफैले यसको दहसस्कर गर्नु पर्नेछ…
तिमीले दिएका यी पलभरका
खुशी र अनान्न्दाहरुलाई
हावाको झुका संगै बिलिन पार्नुछ
जति बेला तिमि पनि नतमस्तक बनेर
समयको खेल र आफ्नु भाग्यको
लेखन सम्झेर मौन रहनेछौ
किन कि अलग अलग छ हाम्रो संसार,
अलग अलग छ जिउने “सास” पनि ,
भन्न त भन्छौ नि यौटै प्राणी हौ हामी प्रिय,
तर छुन्न समेत मनाही छ यहाँ “लास” पनि
तर…तर कुनै पनि यन्त्र,मापन र तौलले तौलिन्न नसक्ने,
जोख्न र नाप्न नसक्ने हाम्रो यो मायालाई
ओइलिन दिने म पक्कै छैन
मिर्मिरेमा तिमि पँधेरो झर्दा होस् या
करेसाबारीमा डुल्दा होस्,
या त मझेरीमा गुलाफ बनि फुल्दा होस्,…
म हर बिहानी कन्चन सीतको थोप्पा बनि
तिम्रो अङ्ग अंगमा स्पर्स गर्ने छु…..
जहाँ जहाँ तिमि रहन्छौ-पुग्छौ
त्यहाँ त्यहाँ लाखौँ फूलका बिज छर्नेछु,
ता कि फूलका थुंगा थुन्गामा
कन्चन सितका थोप्पा बनि टल्किने छु
तिम्रो ति सुकोमोल हातका पन्जाले
टिप्न खोज्दा छ छल्केनेछु
त्यति खेर तिमि अपार खुशी हुनी छौ,
भुल्ने छौ तिमीले अतितका हाम्रो बिछोडका पल,
बिर्सिने छौ तिमीले छुटिदा दुखेका घाउ..
म नि मख्ख हुनी छु ..किन कि ………….किन कि……….
अहिले दिन नसकेका अथवा
दिन चाहेर नि दिन नमिलेको
खुसि र आनन्द तिमीलाई दिन पाएकोमा
…..
राजेश रुम्बा लामा ‘अतृप्त’

1 thought on “प्रिय..अलग छ हाम्रो संसार,……….”

  1. राजेशजी
    रचनाहरू राख्दा मिलाएर

    राजेशजी

    रचनाहरू राख्दा मिलाएर राख्नुहोस् । के यो माथिको रचना कविता नै हो ? कविताको कुन बिधा हो (गद्य कविता?), त्यो बिधा पनि छानेर राख्नुहोस् । के ठिक ठाउँमा लाइन टुङ्गिएका छन् ?
    अनि, रचना पुरा भएपछि मात्रै राख्नुहोस् । कृपया क्रमश: गरेर आधीमा नटुङग्याउनुहोला ।
    अहिलेसम्मका तपाईंका रचनाहरू कसरी पछि सम्पादित भएका छन्, त्यो बिचार पुर्याइदिनुभएमा हामीलाई पनि सजिलो हुनेथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *