Skip to content

पाइला पछि नसारे है


हुँदा पनि आँट निस्तेज, पाइला पछि नसारे है
चित्त मात्र दुख्यो भन्दा, मोती दाना नझारे है

ओठ तिम्रा बन्द थिए, आँखाले नै सबै भन्यौ
मनै मनले धेरै बुझें, दोधारमा नपारे है

बोल्या भए त्यत्ति बुझ्थेँ, नबोलेरै धेरै भन्यौ
ओंठ टोक्यौ, आँखा चीम्लेयौ, अब बाजी नहारे है

जुन झार्ने, तारा टिप्ने, बाचा कसम जान्या छैन
आँट देऊ, साथ देऊ, हाँसी मात्र नटारे है

आँशु खसे हात देऊ, हाँसो बर्षे साथ देऊ
अक्षर होइनन् फुल हुन् यी, फुलै भनी सकारे है

1 thought on “पाइला पछि नसारे है”

Leave a Reply

Your email address will not be published. Required fields are marked *