डर लाग्दो कालो भँवरा खेल्छ परागमा,
चुस्छ चुस्छ अनि फेरि उकेल्छ परागमा !
हेर्ने चुम्ने र घरी घरी जिस्काउने गरी गरी,
बैंशालु त्यो आफ्नो जालो जेल्छ परागमा !
साँचेर राखेको भरपुर त्यो यौवनलाई,
खेलाई खेलाई बिचरीको बेल्छ परागमा !
नुगेको डालीमाथि निर्लज्ज बसेर त्यो,
सकी नसकी आफ्नो ठुंड ठेल्छ परागमा !
फुली चमेली बास्ना छरी र पो म आएँ भनी,
बुद्धिमतापूर्वक आफ्नो लाज छेल्छ परागमा !
०९/०१/२०६८ “सुमन काले “
