Skip to content

सेतो बस्त्र ममाथि बेर्दै थियो


रङ्ग्मन्चमा रम्दै थियौ तिमी, म ऊ: परबाट हेर्दै थिएँ
सायद नाटक थियो त्यो, तिमी दुलही बनी सिङ्गारिनु
म हेर्न नसकी आफ्नै हातले आफ्नै घाटी सेर्दै थिएँ !

कोलाहाल मच्चियो त्यहाँ, सबै भागभाग भो,
रमितै भएछ क्यारे हेर्न, भीडले मलाई घेर्दै थियो ।
लागेछ कि खै तिमीलाई, सबै दर्शक अन्तै भागे
अनभिज्ञताको स्वाँग पार्यौ, तिम्रो पहिरन ऊ फेर्दै थियौ ।

पुलिस आयो केही बेरमा, छाम्यो मेरो अंग-अंगमा,
“ओहो गैसकेछ अघि नै” भनी, मलाई कात्रोले बेर्दै थियो ।
ओहो ! सन्जोक नै हो या कथाको माग थियो त्यो,
ममाथि कात्रो बेरिरहँदा, तिम्रो सिउँदो ऊ केर्दै थियो ।

राजेश रुम्बा लामा “अतृप्त”
१२-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *