Skip to content

“तिमी जुन हौ या त जुन तिमी हो……….

“तिमी जुन हौ या त जुन तिमी हो”
तिम्रो आगमन सुन्य हुँदा,रितिएका छ आकास पनि ………..
म हर साँझ बिहान तिम्रै प्रतिक्षामा हुन्छु,
जब साँझ ढल्छ तिम्रो आगमनको आशामा बिछ्याएका मेरा नयनहरु
ति काला अँधेरीमा
आकाश तिर दौडिन थाल्छन…….
छात्ती भरि गुम्सिएका एक मुठी लामो सास
फेर्न पाउने आशामा दौडिन्छन निरन्तर….निरन्तर,
आँखाले भ्याई सम्म ति बिसाल आकासमा !
किन कि हिजो तिम्रो उपस्थिति पच्छत ति जुनले
हर साँझ अँधेरी रातलाई चिर्दै………
म सुतेका बरण्ड भरि मायाको मुस्कान छर्ने गर्थ्यो……….
सिरानीमा ओजेल पर्न खोज्दा
चियाएर हेर्ने गर्थ्यो !!
लुका मारी गर्दा गर्दै म निद्र देबीको काखमा पुगेको पत्तै पौनी थिएन…
जब बिम्जिन्थे बिहानीको मिरमिरे संगै तिमी आइ रहेको हुन्थ्यो !
तर आज ……….तर आज………..म नितान्त एकलाईछु………
न त तिमी नै आयो,न त जुन नै ……….
तिम्रो प्रतिक्षामा लोलाएका यो नयनहरु ..
रात भर जाग्राम बसेर त्यै जुनलाई हेरी तिम्रै मुहार
सम्झिने कोसिस धेरै पटक पनि गरे,
तर अफसोच ! रात ढाल्छ,मुटु जल्छ,सारा ज्यान गल्छ…
तिम्रो उपस्थिति सुन्य रह्यो ……….
जुनको उपस्थिति सुन्य रह्यो !!

राजेश रुम्बा लामा “अतृप्त”
१३-०५-२०११

1 thought on ““तिमी जुन हौ या त जुन तिमी हो……….”

Leave a Reply

Your email address will not be published. Required fields are marked *