Skip to content

धाँदली गरी चुनाबमा भोट, हालेर गल्ती गरेछु मैले


धाँदली गरी चुनाबमा भोट, हालेर गल्ती गरेछु मैले,
फाटेको त्यो रातो झन्डा, टालेर गल्ती गरेछु मैले!

नया जोश, नया जाँगर, नया पार्टीले केही गर्छ कि भन्ने,
मनै भरी ठुल्ठुला आशा, पालेर गल्ती गरेछु मैले!

समाजवाद पढें, भौतिकवाद पढें, रुशको ईतिहास पनि घोकें,
माओ, लेनिन पढ्न कोर्सका किताब, फालेर गल्ती गरेछु मैले!

बरु शहिद भैदिन्छु तर देश बनाउँछु म भनी,
जनयुद्धमा आफैंलाई, गालेर गल्ती गरेछु मैले!

भुँडी भरे, गाडी चढे सर्बहाराका नेता भनाउँदा,
उनीहरूलाई चडाउन आफूलाई, ढालेर गल्ती गरेछु मैले!

संबिधान लेख, देश बनाउ नत्र झुनडेर मर कमरेड,
उपलब्धि केही छैन मसाल, बालेर गल्ती गरेछु मैले!

यस्तै हुने था’पाको भए किन हिन्थें र तिम्रो पछि लागी,
देश बनाउन भनी क्रान्तीकारी पाईला, चालेर गल्ती गरेछु मैले!

११/०९/२०६५ “सुमन काले”
२७/१०/२०६७ “सुमन काले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *