एक नजरमै सबैलाई चिन्छु भन्थ्यौ खोइ त?
पैसाले नै चोखो माया किन्छु भन्थ्यौ खोइ त?
मलाइ एक्लै छोडेको दिन, बाचा कसम तोडेको दिन,
चिठी अनि फोटो फिर्ता दिन्छु भन्थ्यौ खोइ त?
मेरो साथ् छोडेदेखि काँडो बिझ्या छ रे मनमा,
सधैं फूलको बाटो मात्र हिन्छु भन्थ्यौ खोइ त?
घर न घाट को भा’छौ अहिले मेरो झुप्रो साँघुरो भो,
सन्सार का सबै मज्जा लिन्छु भन्थ्यौ खोइ त?
साथीभाइ मेरा भेट हुँदा मेरै बारे सोध्छौ अरे,
मेरा याद लाई ढुटै पारी पिन्छु भन्थ्यौ खोइ त?
पैसाले नै चोखो माया किन्छु भन्थ्यौ खोइ त?
०९/०६/२०६७ “सुमन काले’
