Skip to content

६०१ सबैका बंगारा झरीदिउँ जस्तो,


यस्तो लागेको छ, ६०१ सबैका बंगारा झरीदिउँ जस्तो,
सेतो घरमा बम हानी, एक-एकलाई मारीदिउँ जस्तो!!

कस्तो कस्तो सपना देखें जोश चड्याछ एकाबिहानै देखि,
मारेर सबलाई बरु डेरा, नख्खु तिरै सारीदिउं जस्तो!!

नेपाल आमालाई चुस्न पल्केका , बिदेसिका दलालहरु,
छप्काएर सालेहरुलाई एकै चिहान पारीदिउं जस्तो !!

लुछ्नु लुछेउ , चुस्नु चुसेउ, अब सकिए तिमार्का दिन,
चारपाटा मुडी, आँखा निकाली, महाकाली तारीदिउं जस्तो !!

यस्तो लागेको छ, ६०१ सबैका बंगारा झरीदिउँ जस्तो,
सेतो घरमा बम हानी, एक-एकलाई मारीदिउँ जस्तो!!

२/२/२०६८ “सुमन काले”

2 thoughts on “६०१ सबैका बंगारा झरीदिउँ जस्तो,”

  1. हाँ हाँ क्याँ हाँस उठ्यो साथी , सच्चिकै झोक चलेकै हो त !!
    हाँ हाँ क्याँ हाँस उठ्यो साथी , सच्चिकै झोक चलेकै हो त !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *