Skip to content

जता राम्री त्यतै नजर, लाउँछौ किन कान्छा


जता राम्री त्यतै नजर, लाउँछौ किन कान्छा
घरकी देबी छोडी अन्तै, धाउँछौ किन कान्छा !

पुरुष जाति बदनाम भो, तिमी जस्तो हुँदा,
चुसी सबको लाली रस, रुवाउँछौ किन कान्छ !

बाँच्य हुन्छन सबैले, देखेर मिठो सपना,
सुनामीको रुप लिएर, तुहाउँछौ किन कान्छा !

अरु लुट्दा आफु लुट्य, थाहा छैनौ तिमीलाई,
झरे फूल बनाई ज्यान, कुहाउँछौ किन कान्छा ?

अमृत हो हाम्रो जीवन, भन्छन सबै यहाँ,
नाली-फोहोर जताततै, चुहाउँछौ किन कान्छा ??

राजेश रुम्बा लामा “अतृप्त”
१७-०५-२००११

Leave a Reply

Your email address will not be published. Required fields are marked *