Skip to content

अनुजा बर्गकी!


प्रेमको मामिला खोलेनौ सत्य अनुजा बर्गकी!
राखेर मन मै बोलेनौ सत्य अनुजा बर्गकी !

नारीको मनमा सत्यता हुन्छ ठानेको थिए नि
बिषादी नछर्की घोलेनौ सत्य अनुजा बर्गकी !

आँगनी पोलेर लाएको होम समाज् कै अगाडी
छोएर श्रीखण्ड पोलेनौ सत्य अनुजा बर्गकी !

तामाको पाथीमा दाहिने हात छुवाकै थियौ त
खसाली जलले धोएनौ सत्य अनुजा बर्गकी !

आफन्त भन्दैथे सुम्पेर ममा दायित्व तिम्रो भो
झारेर ती प्याला रोएनौ सत्य अनुजा बर्गकी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *