गुण्डासँग तिम्ले किन साँठगाँठ गर्छौ नेता
उच्च राख छवि आफ्नो किन तल झर्छौ नेता
राजनेता बन्न सिक तिम्रो जिम्मा हामी लिन्छौं
दुई झाप्पु मात्रै न हो कति सार्है डर्छौ नेता
भोट माग्ने बेला भने सर्बहारा हुँ म भन्छौ
जितिसकेपछि भने महलमा सर्छौ नेता
सधैं भरि खुरापाती चल्ने छैन सोँच्दै गर
त्यसैले त पार्टीभित्रै विवादमा पर्छौ नेता
शाहिदको सपनामा जनताको भावनामा
खेलवाड गर्यौ भने अकालमै मर्छौ नेता
अज्ञात पाल्पाली
