मिलनको झिनो आश गर्नु व्यर्थ किन
आघात पछी जँघार यो तर्नु व्यर्थ किन ?
सम्बन्धमा आगो बाल्दै उपेक्षाको खेति गर्यौ
बेमौसमी बिउ अब छर्नु व्यर्थ किन ?
सम्भावनाको खोलहरु उदान्गिदै गर्दा आज
मायालुको समिपमा सर्नु व्यर्थ किन
पागलप्रेमी बन्नुको औचित्य के देखियो र
निस्ठुरीको अत्यासमा मर्नु व्यर्थ किन
बिगतको सम्झौतामा कालो धब्बा लाग्दा खेरि
अपेक्षाका घैलाहरु भर्नु व्यर्थ किन ?
http://www.nepaljapan.com/read.php?section=literature&topic=headlines&id=32839
