Skip to content

ग्रह दशा बिग्र्यो क्यारे


ग्रह दशा बिग्र्यो क्यारे, देशलाई राहु केतुले छोको छ
लौन धामी झाक्री, डाम्न पर्‍यो देश डस्ने कोको छ

लुतो खोरेत के हो कुन्नि, टन्की रहने कस्तो महामारी
फुटाऊ आऊ अब, देशभरि पाप भरिएको फोको छ

गिदी कुहिएपछि टाउको के काम, खाली गनाउँछ
फाँकौ अब साथी, यहाँ धेरै सडेका बिचराको पोको छ

सियोदेखि हात्ती निलिसक्यौ अब के नै बाँकी छ र निल्न
सुन्दा पनि तज्जुब लाग्छ घिच्नेहरू अझै कति भोको छ

बारुद बोल्छ बस्ती बस्ती कुजो भको छ पहरा र गस्ती
बुद्ध फेरि शान्ति रोपुन अब बस यही एक धोको छ

1 thought on “ग्रह दशा बिग्र्यो क्यारे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *