Skip to content

आज राति सपनीमा देशै मरेको देखें मैले


आज राति सपनीमा देशै मरेको देखें मैले,
सीमानामा दशगजा वर सरेको देखें मैले!

बिपनामा त छ नै व्यथा सपनामा पनि उस्तै,
मेरो प्यारो देशलाई दुखः परेको देखें मैले!

सयौं थुंगा फूलका हामी एउटै माला नेपाली,
बोटबाट सुन्दर त्यो फूल झरेको देखें मैले!

सुन जस्तै अन्न फल्ने पहाड अनि तराईमा,
उम्म्रन्न केहीनी बम गोला छरेको देखें मैले!

सुन्दर सान्त नेपालमा पापी आँखा कस्को पर्यो?
बुद्धका पाईलाहरू मेची तरेको देखें मैले !

माली गाई चर्ने मेरो मधुबन र रेसुंगामा,
भारतीय सिंहको खच्चर चरेको देखें मैले!

युद्धले थला बसेकी मेरी नेपाल आमालाई,
ती भ्रष्ट नेताले नै करणी गरेको देखें मैले!

उठौं जागौं न अब त देशका लागि केही गर्न,
चुपचाप नबसौं है बेला टरेको देखें मैले!

संबिधान बन्ने मिति पर सरेको देखें मैले,
आज राति सपनीमा देशै मरेको देखें मैले!

२७/१/२०६७ “सुमन काले”

7 thoughts on “आज राति सपनीमा देशै मरेको देखें मैले”

  1. यो गजल एक बर्ष पुरानो भयो तर पनि नेपालको स्थिति उस्तै छ!!!
    त्यो बेला आसा थियो संबिधान बन्ला भन्ने ….तर बनेन अहिले पनि बनेन…….
    लाग्छ कहिलेपनि बन्ने छैन……किनभने..नेताहरुसंगको विश्वास नै मरिसकेको छ….
    अब हामीले नै केहि गर्ने बेला भएको छ….नेताहरु सबै लाई लखेटेर …जनताको सरकार बनाउनु पर्छ,अनि संबिधान बनाउनु पर्छ…….

    1. कुनै दिन त्यो दिन पनि अवश्य
      कुनै दिन त्यो दिन पनि अवश्य आउनेछ भाई यस्तै चाल हो भने त।

  2. कुनै दिन त्यो दिन पनि अवश्य
    कुनै दिन त्यो दिन पनि अवश्य आउनेछ भाई यस्तै चाल हो भने त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *