Skip to content

पाल्दै आऊ


कोमल ती पाऊ चाल्दै आऊ
मनको दियालो बाल्दै आऊ

मनको बाँध टुटिसक्यो है
टुक्रिएको मुटु टाल्दै आऊ

मनभरि माया सजाऊ कि
रिस-राग मनको फाल्दै आऊ

अँध्यारोमा सताउला रति
चाँदनीमा चाँद हाल्दै आऊ

अनेकथरी नसोची केही
मनभरि माया पाल्दै आऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *