जुनकिरी बनी आऊ अधेरीमा पर्खी बस्छु
झरी वर्षा बनी आऊ खडेरीमा पर्खी बस्छु
याद बोकी डुली हिंड्दा कहीं कतै पाइनौ भने
मिठो स्वप्न बनी आऊ निदरीमा पर्खी बस्छु
विश्वास मेरो लाग्छ भने अजम्बरी साथ लिन
भमरा नै बनी आऊ मन्जरीमा पर्खी बस्छु
चखेवाको जोडी जस्तो माया प्रीति साट्ने भए
शुभ सन्ध्या बनी आऊ पँधेरीमा पर्खी बस्छु
