गुलाफको फूलसरि फुल्दै फुल्दै जान्छौ होला ?
मलाई एक्लै पारेर भुल्दै भुल्दै जान्छौ होला ?
मेरो यो चोखो माया आँसु भलमा डुबाएर,
इन्द्रेनीका रंगसँगै घुल्दै घुल्दै जान्छौ होला ?
के भुल भयो र प्रिय बोल्नै छाड्यौ मसँग,
भेटेसि मभन्दा राम्रो खुल्दै खुल्दै जान्छौ होला ?
बगर भो मेरो जीवन सिउँडी फुल्छ माया,
काउनुको बाला सरी झुल्दै झुल्दै जान्छौ होला ?
डेबिट क्रेडिट मिलायौ मै परें घाटामा त,
सालाखाला हिसाबमा सुल्दै सुल्दै जान्छौ होला ?
सुभकामना तिमीलाई अझै गर प्रगति,
म रोएसि तिम्रा खुसी हुल्दै हुल्दै जान्छौ होला ?
१३/०५/२०६८ “सुमन काले”