तिमी छैनौ जिन्दगीमा, बाच्नुको के अर्थ भो र ?
मनभरि पीडा बोकी हाँस्नुको के अर्थ भो र ?
बिलायौ तिमी क्षितिजमा याद मात्रै छोड्यौ,
मृगतृष्णा झैं रहर साँच्नुको के अर्थ भो र ?
गोरेटोमा भेटेर दोबाटोमा छुट्ने भए,
यति सारै गहिरो नाता गाँस्नुको के अर्थ भो र ?
हात गोडा अनि मन मस्तिष्क नै सिथिल भो,
जाँगरै मर्यो अब त नाँच्नुको के अर्थ भो र ?
मैले त गुमाएँ तर के पायौ त तिमीले खै ?
हाँसी हाँसी मेरो मन भाँच्नुको के अर्थ भो र ?
२७/०९/२०६५ “सुमन काले”
