कपटी प्यार तिमीले गरेर
दुख पाएँ यार तिमीले गरेर
गुलाफ फुल्ने मायाको बारीमा,
पलायो झार तिमीले गरेर
उग्र खेल खेल्यौ मायाको,
भयो मेरो हार तिमीले गरेर
आज रगताम्य भा’छ जीवन,
मुटुमै प्रहार तिमीले गरेर
जुन हेरी रोई बस्छु अचेल,
सम्बन्ध वारपार तिमीले गरेर
न घर न घाटको भएँ म हेर,
दिलमा तारबार तिमीले गरेर
समाजको सामु शिर उठ्दैन किन?
सामुहिक बलात्कार तिमीले गरेर
२७/१०/२०६७ “सुमन काले
