Skip to content

तिमी साथ छैनौ र त रुन मन लाग्छ,

तिमी साथ छैनौ र त रुन मन लाग्छ,
साच्चैं मेरी भै’नौ र त रुन मन लाग्छ!!!

आकाशको जुन भए आँटै गर्ने थि’न,
तिमी जुन है’नौ र त रुन मन लाग्छ!!!

कि त साथै हुनु कि त डांड़ा काटी जानु,
तर टाढा गै’नौ र त रुन मन लाग्छ!!!

धोको थियो मेरो तिमि संगै बाच्ने मर्ने,
अब मेरी रे’नौ र त रुन मन लाग्छ!!!

लगे हुन्थ्यो बरु याद सबै पोको पारी,
आँसुहरु लै’नौ र त रुन मन लाग्छ!!!

खिल बनी बस्यौ तिमी मुटुको माझमा,
लाग्छ भुल्न मै’नौ र त रुन मन लाग्छ!!!
१/०२/२०६८ “सुमन काले”
सुमन घिमिरे,
श्री मंज्यांग – ८, लम्जुंग
हाल धापासी – ८ काठमाडौँ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *