Skip to content

ऐना मात्र हेर्छौ रे हो?


ऐना मात्र हेर्छौ रे हो?
लुगा मात्र फेर्छौ रे हो?

अरुका कुरै सुन्दैनौ ,
मेरा कुरा टेर्छौ रे हो?

मै सम्झी सिरानीलाई,
अंगालोमा बेर्छौ रे हो?

ती मन्का भित्ताहरूमा ,
मेरै चित्र केर्छौ रे हो?

यदि मैले हुन्न भने,
आफ्नै घाँटी सेर्छौ रे हो?

ऐना मात्र हेर्छौ रे हो?
लुगा मात्र फेर्छौ रे हो?

७/९/२०६६ “सुमन घिमिरे”

4 thoughts on “ऐना मात्र हेर्छौ रे हो?”

  1. You have more imagine power.
    You have more imagine power. Praya sabai jasto kabita haru ramrai lagchha.

    Ganesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *