Skip to content


नेपालका सारा
राम्रा पाखा पखेरा
हिउँ फुल्ने हिमाल
बेँसी राम्रो सिमल ।
खर्क चर्छन् गाई
कति राम्रो तराई
स्कुल गा’ छन् भाइ
दाइको हात समाई ।
‘काग दाजै’ पढेर
‘कुखुरी-काँ’ मा रमेर
पढेका कुरा सुनाउँछन्
स्कुल मैँ रमाउँछन् ।।

मुना २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *