काँडा मलाई, डाली मलाई, फूल तिमीलाई
आँसु मलाई, पीडा मलाई, खुसी तिमीलाई
घाँम मलाई, गर्मी मलाई, शितल तिमीलाई
भूईं मलाई, लामखुट्टे मलाई, झुल तिमीलाई
काँडा मलाई, डाली मलाई, फूल तिमीलाई
बिछोड मलाई, तडप मलाई, जोडी तिमीलाई
पात मलाई, डाली मलाई, फल तिमीलाई
काँडा मलाई, डाली मलाई, फूल तिमीलाई
बीरवहादुर मल्ल
रुकुम
