Skip to content

समयको मार परे

  • by


समयको मार परे, बाघले पनि लडडु खान्छ
गर्धनमा धार परे, बाघले पनि लडडु खान्छ

जस्तालाई त्यस्तै अनि, ढिंडालाई निस्तै भन्छन्
बज्र लगातार परे, बाघले पनि लडडु खान्छ

एक थुकी सुके पनि, सयथुकी नदी बन्छ
माहुरीकै घार परे, बाघले पनि लडडु खान्छ

मै हुँ भन्ने रावण पनि, झुक्नुपर्छ झुकेकै हुन
टाउकोमा प्रहार परे, बाघले पनि लडडु खान्छ

श्रीजन श्री
कृष्णपुर-२, कञ्चनपुर
हालः अध्यक्ष, अनाममण्डली, मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *