तालुमा आलु फल्यो नभन्नू
पानीमा आगो बल्यो नभन्नू
रोए’नि पथ्थर, फूलले हान्दा
यो मुटु मेरो, जल्यो नभन्नू
मरेर बाच्दै, बाचेर मर्दै
जिन्दगी कस्तो चल्यो नभन्नू
फलेर भीरमा, उधो न उभो
भाग्यले मलाई छल्यो नभन्नू
रावणको लंका, नढल्दा सम्म
सुमेरु पर्वत ढल्यो नभन्नू
श्रीजन श्री
कृष्णपुर-२, कञ्चनपुर
हालः अध्यक्ष, अनाममण्डली, मलेसिया

good lyk it
good lyk it