Skip to content

अधिकार अर्कैलाई


माया गर्छु भनी दियौ अधिकार अर्कैलाई
झुट्टा कसम जति मलाई, प्यार अर्कैलाई

सपना थियो तिम्रो मेरो सधैं एउटै हुने
टुटाएर सपना दियौ संसार अर्कैलाई

जिन्दगीमा आसुँ झार्न नपरोस् भन्थ्यौ तिमी
पिडा दिई आज मलाई, बहार अर्कैलाई

तिमीलाई माया गरी दु:ख दिए झैं लाग्यो
त्यसैले सुम्प्यौ जिन्दगी उपहार अर्कैलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *