जस्तो तिमी त्यस्तै म,
फेरि किन दूरी हामीमा ।
रोयौ तिमी रोए म,
फेरि किन एक अर्कालाई बुझिन ।
रिसायौ तिमी रिसाए म
फेरि बिर्सन किन सकिन ।
मोड्यौ तिमी मोडे म
फेरि बाटो किन फेरिन ।
हरयौ तिमी हराए म,
फेरि किन भेटिन ।
चाहन्थ्यौ तिमी चाहन्थे म
फेरि खोज्न किन सकिन ।
सायद अन्जान नै छु आजसम्म
या तिमीलाई नै बुझ्न सकिन ।
