तिम्रो याद नआएको यहाँ कुनै पल छैन
जुनी जुनी तिम्रै हु म यसमा कुनै छल छैन
एक्लै जिउनु पर्दा यहाँ सधैभरी उदासी छु
पखाल्ने त्यो उदासी पन धारा अनि कल छैन
प्रत्येक स्वास आउँदा जाँदा तिमीलाई नै सोधिराख्छ
नलिऊँ भने तिम्रो नाम मुटुको नि चल छैन
पवित्र छ मेरो माया तिमीलाई नै साचिरा’ छु
जस्तो हुन्छ गंगाको जल अर्को कुनै जल छैन
कहिलेकाहीं तिम्रो याद नकल्पेरै बसुँ लाग्छ
यो सृष्टिमा सुन्यताको त्यस्तो कहीँ थल छैन
तिम्रो याद …………………
