Skip to content


ढोकाभित्रको मान्छे
ढोकाबाहिरको मान्छे
दुबै सीमान्तकृत छन् आफ्नो विचारमा ।

मान्छे
आफूलाई खोज्छ ढोकाबाहिर
त्यहाँ कोही छैन
ऊ स्वयम् अनुपस्थित छ ।
आफैँ खोक्रिने गरी सकेसम्म चिच्याउँछ,
बोलाउँछ
कहीँ कोही छन् कि वरिपरि
कतै त्यो ढोकाभित्र पो कोही छन् कि !
आफू अलग्गिएको महसुस गर्छ र अझै उफ्रन्छ ।
आफैँ थाकेपछि,
त्यही कहालीलाग्दो शून्यतामा निसास्सिन्छ ।

ढोकाभित्रको मान्छे
पटक–पटक निदाउन खोज्छ तर व्यूँझन्छ ।
त्यो अन्धकारमा
आफूजस्तो अनुहारको खोजी गर्छ
तर विडम्बना !
ढोका बन्द भएदेखि नै
ऐना अझसम्म निदाइरहेको छ ।
त्यो अँध्यारो झ्यालखानामा
मात्र ढोका छ … बन्द ढोका
त्यहाँ झ्याल छैन उज्यालो छिर्नका लागि ।
मान्छे एउटा कैदी हो
लगातार भोगिरहेको छ सजिलो सजाय – एक्लोपन
आफ्नै इच्छाअनुसार …
अहिले,
मृत्युदण्ड बरु सस्तो पर्ने थियो
उसकै हिसाबअनुसार ।

मान्छे
एउटा हात
एउटा खुट्टा
एउटा कान
एउटा आँखा
अनि अपूर्ण अ

ङ्गहरुसँगै
खोजिरहेको छ अर्काे आधा शरीर …
… ढोकाबाहिर …
… ढोकाभित्र … ।


6 thoughts on “ढोका –१”

    1. PRAKESH SINDHULIYA

      धन्यवाद ।
      कविता पढेर अाफ्नाे मनसँग पुर्रयाउनुभएकाेमा धेरैधेरै धन्यवाद ।
      sindhuliya_prakesh@yahoo.com
      facebook.com/psindhuliya

    1. PRAKESH SINDHULIYA

      Sushma Adhikari ज्यू प्रतिक्रियाकाे लागि धन्यवाद ।
      खुशी लाग्याे । तर यही मात्र अर्थ हाे भन्न त मैले मिल्दैन । एक हिसाबले कविताकाे भाव बुझिदिनुभयाे ।
      पढेर प्रतिक्रिया दिनुभएकाेमा धन्यवाद ।
      sindhuliya_prakesh@yahoo.com
      facebook/psindhuliya

  1. ढोकालाइ हेरिहेर्दा
    मान्छेभित्रको अपुरोपनले महत्वाकांक्षी खोजको शुरुवात गर्दछ ॥ महत्वाकांक्षा न ढोकाबाहिर रमाउन सक्छ न त ढोकाभित्र नै अटाउन सक्छ ॥ पूर्णता अरुहरुसंगको सम्बन्धबाट मात्र प्राप्त हुन्छ , त्यसैले ढोका बाहिरकोलाइ भित्र र भित्रकोलाइ बाहिर कुदाउने जमर्को गर्नुभएको होला ॥

    शैलीगत हिसाबले अन्त्यको दुइ स्टान्जा निकै प्रशंसनीय छन् ॥ टुक्रे अंग अर्को अंगको खोजमा अरुसंग मिल्न लालयित देखिन्छन् , यो फ्रायडेली चिन्तन जस्तो देखिन्छ ॥ कलामा यस्तो प्रयोगले छुट्टै पहिचान बनाउन मद्दत पुर्याउछ ॥ गफ गर्नु र कला भर्नुमा अन्तर छ ॥

    यस कवितामा फ्रायडको रिप्रेश्ड ड्रिम, मान्छेको महत्कांक्षा र मानव जीवनमा देखिने दुबैतर्फको भ्वाङको चित्र देख्छु, म ॥ नचाहिने कुरो नै देखेभने माफ पाउ है ॥

    1. PRAKESH SINDHULIYA

      धन्यवाद सुशील सुब्बाज्यू
      निकै गहन अध्यययन गर्नुभएछ कविताकाे, धेरैधेरै धन्यवाद । लामाे समयपछि मझेरी डट कम काे वेवसाइट खाेलेकाे थिएँ, तपाइँकाे प्रतिक्रियाले निकै खुशी तुल्यायाे ।
      तपाइँले कविताकाे सैद्धान्तिक पक्ष र भाव पक्ष दुबैलाइ गहिराेसँग केलाएर मेराे कवितालाइ बलियाे बनाइदिनुभयाे । एक एक शब्द चाहिने मात्र लेख्नुभएकाे छ, कसरी नचाहिने कुरा हुन सक्ला र ?

      sindhuliya_prakesh@yahoo.com
      facebook/psindhuliya

Leave a Reply

Your email address will not be published. Required fields are marked *