Skip to content

माया गर्दा गर्दै गयौ

  • by


आफ्नैभन्दा धेरै माया गर्दा गर्दै गयौ
अधरमा खुशीहरू भर्दा भर्दै गयौ

तिमीलाई माया गरेँ तिम्रै भर परेँ
सधैंभरि तिम्रै भर पर्दा पर्दै गयौ

झर्छौ भनी कुर्दै थिएँ तिमीलाई मैले
सिमलुको भुवा जस्तै झर्दा झर्दै गयौ

ठाडो घाट जङ्घारमा सँगै तरौं भन्थ्यौ
जिन्दगीको जङ्घारमा तर्दा तर्दै गयौ

सँग सँगै बस्दा बस्दै परपर सर्यौ
अलि अलि परपर सर्दा सर्दै गयौ

अज्ञात पाल्पाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *