Skip to content

तिमीले टेक्ने बाटोभरि

  • by


तिमीले टेक्ने बाटोभरि जितहरूकै लाम थियो
थाहा पाएनौ तिमीले हार्नेमा मेरै नाम थियो

यस्तै रहेछ जीवन जताततै ओझेल मात्र
यता भने कालो छायाँ त्यता शायद घाम थियो

मुटुभरि चोट दिई हिँडिहाल्यौ नरोकिई
खुल्ला थियो तिम्रो बाटो मेरो भने जाम थियो

जङ्गल शहर जताततै भौँतारिरहेँ एक्लै
मेरो तड्पनमा केवल त्यही एउटै राम थियो ।

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *