Skip to content

तिम्रो याद भुलाउन अलिकति पिएँ आज


तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति लिएँ आज

धुजा धुजा परेछ यो, मन मुटु च्यातिएर
फाटेको यो हृदयलाई अलिकति सिएँ आज

सँगै जिउने सँगै मर्ने, कसमलाई साक्षी राखी
एकान्त यो परदेशमा रुदै एक्लै जिएँ आज

हँसिलो त्यो मुहार तिम्रो, चुमिरहुँ लाग्छ सधैं
सगँ साथै नहुँदामा तस्बिर चुमी लिएँ आज

ब्याथाहरू सम्हालेर, ओठे हाँसो हाँस्नुभन्दा
केही टुक्रा ब्याथाहरू मझेरीलाई दिएँ आज

5 thoughts on “तिम्रो याद भुलाउन अलिकति पिएँ आज”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *