सुवासिलो ताजा बाग कहाँनेर थियो होला
मैले लिने थुँगा थुँगा फेरि कस्ले लियो होला
आशा मारी बस्ने गर्छु आज एक्लै एकान्तमा
आफ्नो मुटु आफैँभित्र आँशु झर्दा खियो होला
चिनाजानी पछि चिनो उस्ले औँठी दिने बेला
देवताकै रुप तिमी भन्दै थुँगा दियो होला
अंगालोमा बाँधिएर प्रीतहरू बर्साउँदै
थुँगा चुमी मिठो रस गोधुलीमा पियो होला
अङ्ग भङ्ग स्त्रीकेश र गर्वाशय तोडी तोडी
जति केस्रा च्याते पनि खुशी हुँदै सियो होला
