मेची-कोशी शब्द बुनी गाउने बेला आएको छ
प्रवास छाडी गाम-बेसी धाउने बेला आएको छ
जति प्रवास बसे पनि समस्याले छाड्ने होइन
झर्छ बरु असिना कालो बादल फाट्ने होइन
खेत-बारीसँग मित लाउने बेला आएको छ
प्रवास छाडी गाम-बेसी धाउने बेला आएको छ
मेची कोशी शब्द बुनी………….
चाहनाको खेती गर्दा समस्याको निकास भएन
हामी युवा प्रवास बस्दा देशको पनि विकास भएन
हिमाल पहाड तराई सबै छाउने बेला आएको छ
प्रवास छाडी गाम-बेसी धाउने बेला आएको छ
मेची-कोशी शब्द बुनी गाउने बेला आएको छ
प्रवास छाडी गाम-बेसी धाउने बेला आएको छ
राजेश रुम्बा लामा “अतृप्त”
०४-०७-२०११
