“गीत”
देख्छौ तिमीले सानु छाती यसमा धेरै पीर छ
खालि छैन कुनै भाग यो छातीमा तीर छ !
बाध्यताले हाँस्ने गर्छु मनको पीर यो लुकाई
क्षेणिक भएनी भुल्ने गर्छु छातीको यो दुखाई
कसैले नि नदेखेनी यो छातीमा झीर छ
खालि छैन कुनै भाग यो छातीमा तीर छ !
आफ्नो मात्रै व्यथा ठुलो सबै त्यसो सोच्छन
अरुको पीर कसलाई वास्ता सबै भाग्न खोज्छन
सबले देख्छन सुन्दर-संसार मेरो समू भिर छ
खालि छैन कुनै भाग यो छातीमा तीर छ !
देख्छौ तिमीले सानु छाती यसमा धेरै पीर छ
खालि छैन कुनै भाग यो छातीमा तीर छ !
राजेश रुम्बा लामा “अतृप्त”
०५-०७-२०११
