Skip to content

नेपालमै अन्माइदेऊ

  • by
DambarBikel

हे आमा, अर्को जुनी पनि मलाई नेपालमै जन्माइदेऊ
नेपाललाई माया गर्नेसँग नेपालमै अन्माइदेऊ

मेरो देशको पानी मीठो राजै मेरो देशको बानी मीठो
नेपाल अनि नेपालीको अजर अमर कहानी मीठो
हे आमा, सयौँ जुनीसम्म मलाई नेपालमै जन्माइदेऊ
नेपाललाई माया गर्नेसँग नेपालमै अन्माइदेऊ

आफ्नो माटो आफ्नै हुन्छ राजै आफ्नो मुटु आफ्नै हुन्छ
मुटु फुटे माटो दुख्छ माटो दुःखे धुरुधुरु देशै रुन्छ
हे आमा, लाखौँ जुनीसम्म मलाई नेपालमै जन्माइदेऊ
नेपाललाई माया गर्नेसँग नेपालमै अन्माइदेऊ

डम्बर बिकेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *