Skip to content


गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ
छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ

फिर्ता देऊ मलाई
कैयन् दिनसम्म झ्ण्डा ढेर सुतेको मेरो फराकिलो छाती
जहाँ टाउको अड्याएर रोएकी थिई मेरी मायालु
भिजाएकी थिई मेरो छातीको फाँट,
फिर्ता देऊ मलाई बारुद बोक्दा थलिएको मेरो पिठ्यूँ,
फिर्ता देऊ एम्बुस पड्केर नसुन्ने भएका मेरा दुवै कान
फिर्ता देऊ छर्राले अँध्यारो बनाएको मेरो दाहिने आँखा

निधारमा अयोग्यको छाप लगाएर
अस्थायी शिविरबाट निकालिएको
म जन्मराम थारू
म डोलबहादुर लामा
म भूमिराज लिम्बू
म गुलाब शर्मा
म पुष्पबहादुर महर्जन
म चैनशोभा मगर
अर्थात् हामीहरू
फिर्ता मागिरहेछौं
क्रान्तिका नाममा बिताएको
एकदशक
जीवनका एक-एक सेकेन्ड!

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *