Skip to content


-१-
घाम उदायो
धर्तीको काखमाथि
शीतको मृत्‍यु

-२-
निलो क्षितिज
बादलको कुण्डमा
दंग देखिन्छ

-३-
चेतना शुन्य
बाँसको उचाईले
आकाश गर्ज्यो

-४-
मेघको फुर्ती
चट्याङगको बुईमा
क्षणिक तृष्णा
-५-
कागको इर्ष्या
सेतो बकुल्ला बन्ने
कालाको कालै

-६-
आँधीबेहरी
जुनको चहकमा
उपाय शुन्य

-७-
रातो सिन्दुर
देउरालीका दुङ्गा
देवताबोध

गीता थापा (दोषी)

4 thoughts on “सात हाइकु”

  1. MItho Haiku
    Dherai dherai mitho Haiku lekhera padhne mauka dinu vayeko ma dherai dherai dhanyabaad. Keep in touch….

    Surya

  2. ठिस बुढा

    दोषी हाइकु
    नमस्कार भनें
    धन्यबाद पनि छ है
    दोषी हाईकुमा

  3. लेखि रहुन
    फेरि नि यस्तै

    लेखि रहुन
    फेरि नि यस्तै यस्तै
    मिठा हाइकु

Leave a Reply to amrita Cancel reply

Your email address will not be published. Required fields are marked *