सुन्यतामा अल्झाएर, तिमी गए पनि
तिम्रै खुशी चाहन्छु म, टाढै भए पनि
कुन डालीलाई सहे होला, आफ्नै फूल झर्दा
आफ्नै मुटु गुमाएर, रित्तै बस्नु पर्दा
तिम्रो अभाव खटकिएर, एक्लै रोए पनि
तिम्रै खुशी चाहन्छु म, टाढै भए पनि
बिधताको लेखन यस्तै, भेट्नु छुट्नु रहेछ
प्रेमको महल बन्द-बन्दै, चर्की फुट्नु रहेछ
तिम्रो महल घाम लाग्दा, मेरो झुप्रो चुहे पनि
तिम्रै खुशी चाहन्छु म, टाढै भए पनि
सुन्यतामा अल्जाएर, तिमी गए पनि
तिम्रै खुशी चाहन्छु म, टाढै भए पनि
राजेश रुम्बा लामा “अतृप्त”
१२-०७-२०११
